नियम
भर्ना उमेर

(१) पाइनियर गण को देहायका दर्जाको पदमा नयाँ भर्ना हुन देहायको उमेर पुगेको हुनु पर्दछ ।
डकर्मी, बज्रकर्मी, बोसी, आरावाल, सिकर्मी, कालिगढ, सिकर्मी नाइके, हेडकालिगढ सार्कीलाई ……. १८ वर्ष पूरा भएको र ३५ वर्ष ननाघेको ।
पाइनियर र ढुङ्गेलाई …….. १८ वर्ष पूरा भएको र २५ वर्ष ननाघेको ।
(२) नेपाली सेना वा विदेशी सेनामा सेवा गरिसकेका एक्स सर्भिसमेन नेपाली नागरिक पाइनियर गण का देहायका दर्जाको पदमा नयाँ भर्ना हुन देहायको उमेर पुगेको हुनु पर्दछ ।
सिपाही                                     १८ वर्ष पुरा भएको ३० वर्ष ननाघेको ।
हवल्दारलाई                            १८ वर्ष पूरा भएको र ३६ वर्ष ननाघेको ।
जमदार                                    १८ वर्ष पूरा भएको र ४६ वर्ष ननाघेको ।
सुवेदार, सहायक सेनानी            १८ वर्ष पूरा भएको र ४८ वर्ष ननाघेको ।
सहसेनानी र सो भन्दा माथि       १८ वर्ष पूरा भएको र ५० वर्ष ननाघेको ।